पेट्राेलियम पदार्थको मुल्य वृद्धि


काठमाडाैं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि गरेको छ। आईतवार राती १२ बजेदेखी लागु हुने गरी निगमले पेट्रोलमा १ रुपैयाँ, डिजल र मट्टीतेलमा २ रुपैयाँ, हवाई इन्धन (आन्तरिक उडानतर्फ) ४ रुपैयाँ ५० पैसा तथा हवाई इन्धन (वाह्य उडान) मा प्रतिहजार लिटरमा ५० युएस डलर वृद्धि गरेको हो।

नयाँ मुल्य अनुसार अव पेट्रोल प्रति लिटर १ सय ११ , डिजल तथा मट्टीतेल ९५, हवाई इन्धन (आन्तरिक उडानतर्फ) १ सय ४ रुपैयांँ ५० पैसा तथा  हवाई इन्धन (वाह्य उडान) तर्फ प्रतिहजार लिटरको मुल्य १ हजार १ सय २५ डलर पुगेको छ। निगमले ग्याँसको मुल्य भने यथावत राखेको छ।


Comments

comments