पेट्रोलियम पदार्थको मूल्य घट्यो

price of petroleum

नेपाल आयल निगमले आइतबार राती १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ।

निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार प्रति लिटर पेट्रोलमा ३ तथा डिजेल र मट्टितेलमा २ रुपैयाँ घटेको हो। नयाँ मूल्य अनुसार पेट्रोललाई प्रति लिटर ११० तथा डिजेल र मट्टितेललाई ९३ रुपैयाँ तिर्नुपर्नेछ।

हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने नघटेको जनाइएको छ ।