
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
निगमको सोमवार साँझ बसेको सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाएको छ।
मूल्य घटेसँगै पेट्रोल प्रतिलिटर ११२ र डिजेल / मट्टितेल ९९ रुपैयाँ कायम भएको छ। समायोजन गरिएको मूल्य सोमवार राति १२ बजेबाट लागु हुनेछ।