
काठमाडौं, १९ जेठ । नेपाल आयल निगमले शनिवार पुनः पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य तीन÷तीन रूपैयाँ बढाएको हो । निगमले आज राती १२ बजे देखि लागू हुने गरी मूल्य बृद्धि गरेको हो ।
मूल्य बढेसंगै पेट्रोल अब १ सय १३ रुपैयाँ भएको छ ।
भने डिजेल/पेट्रोलको मूल्य ९५ रुपैयाँ तोकिएको निगमले जानकारी दिएको छ । हवाई इन्धनको मूल्य भने प्रतिलिटर पाँच रुपैयाँ बृद्धि गरेको छ । अव हवाई इन्धनको मूल्य १ सय रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन ।