पेट्रोल, डिजल र मट्टितेलको भाउ बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ३र३ रुपैयाँ मूल्य बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।



jibss

मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १०८ र डिजल र मट्टितेल प्रतिलिटर ९० रुपैयाँ पुगेको छ । निगमले खाना पकाउने ग्यासको भाउ भने बढाएको छैन । खाना पकाउने ग्यासमा निगमलाई प्रतिसिलिण्डर ६४.२९ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । अहिले नेपालमा पेट्रोल भारतमा भन्दा २१।९२ र डिजेल २४.६१ रुपैयाँ सस्तो रहेको छ ।