
नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाइएको प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा आएको उतार चढाव अन्तर्गत नेपालमा पनि मूल्य बढाइएको निगमले जनाएको छ ।
प्रवक्ता विरेन्द्र गोइतका अनुसार अब पेट्रोलमा २, डिजेल र मट्टितेलमा १ रुपैयाँ ५० पैसा र खाना पकाउने ग्यासको सिलिन्डरमा २५ रुपैयाँले मूल्य बढाएको छ।
नयाँ मूल्यअनुसार अझै निगमलाई पेट्रोलमा लिटरमा ५ रुपैयाँ ५० पैसा र मट्टितेल मा १६ रुपैयाँ २ पैसा, डिजेलमा ७५ पैसा र ग्यासमा प्रति सिलिन्डर २सय १५ रुपैयाँ घाटा रहेको जनाएको छ।
नयाँ मूल्यको सूची:
ग्यास – १३५० (प्रतिसिलिन्डर)
मट्टीतेल – ७५.५०
डिजेल -७५.५०
पेट्रोल -१००