आज एकैदिन ५००८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज २४ गते : शनिवार नेपालमा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा आज ५ हजार ८ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै संक्रमितको कूल संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ ।

त्यस्तै, गएको २४ घण्टामा १ हजार २ सय २९ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या ७४ हजार २ सय ५२ पुगेको छ । अहिले देशभर ३० हजार ८ सय १८ जना संक्रिय संक्रमित छन् । आज मात्रै कोरोनाको कारण १४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६१४ सय पुगेको छ ।