उपत्यका भारी वर्षा, दहचोकमा १२ बर्षपछि हिउँ पर्‍यो

काठमाडौँ उपत्यका भित्रैको बस्तीमा १२ वर्षपछि हिउँ परेको छ। राजधानी उपत्यकाका दहचोक, साँखु, गोदावरी, भक्तपुरको दुवाकोट, चाँगुनारायणका बस्तीसम्म हिउँ खसेको हो ।

यसअघि काठमाडौँ उपत्यका भित्रै २०६३ फागुन २ गते (फेब्रुअरी १४, २००७) मा हिउँ परेको थियो । त्यतिबेला काठमाडौँका त्रिपुरेश्वर, न्यूरोडसहतिका मूख्य भागमै हिउँ परेको थियो । त्यसअघि वि.सं. २००१ साल पुसमा काठमाडौँ उपत्यका भित्रै हिमपात भएको रेकर्ड छ।

तस्विरहरु: