काठमाडौंको कलंकीमा गम्भीर दुर्घटना,तिन जनाको मृत्यु

काठमाडौं ,कार्तिक २७।

काठमाडौंको कलंकीमा बिहिवार  बिहान गम्भीर दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । सो स्थानमा पार्किङ गरेर राखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा नुवाकोट सुन्दरदेवी गाँउपालिकाका २४ वर्षीय रोशन तामा, नुवाकोटका ३७ वर्षीय माधव घिमिरे र एकजना अन्यको सहिद मेरोरियर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो  ।

मकालु पेट्रोल पम्प छेउमा पार्किङ गरेर राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिंदा  बा ५ ख ८८६५ नम्बरको ट्रकमा सवार ३ जनाको मृत्यु भएको हो ।

८८६५ नम्बरको ट्रक कुखुरा बोक्ने ट्रक हो । दुर्घटनामा घाइते भएका नुवाकोटका विजय तामाङको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

दुवै ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको जानकारी दिएको छ।