चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमणबाट पाँचो मृत्यु

१४ असोज, काठमाडौं । चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमणबाट पाँचो मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ का ६७ वर्षीय पुरषको कोरोना संक्रमणबाट मृत्यु भएको जनस्वास्थ्य प्रबर्द्धन उपशाखाका डा. सुदा महर्जनले बताएका हुन्।

पछिल्लो २४ घण्टामा चन्द्रागिरि नगरपालिकामा १८ जना कोरोना संक्रमित भेटिएका छन् । चन्द्रागिरि नगरपालिकाका सूचना अनुसार
च.न.पा वडा २ मा १ जना,
च.न.पा वडा ३ मा १ जना,
च.न.पा वडा ५ मा १ जना,
च.न.पा वडा ९ मा १ जना,
च.न.पा वडा १० मा २ जना,
च.न.पा वडा ११ मा ९ जना,
च.न.पा वडा १३ मा २ जना,
च.न.पा वडा १५ मा १ जना
गरि चन्द्रागिरि नगरपालिकामा १८ जनामा संक्रमण पुष्टि भएको हो ।

चन्द्रागिरि नगरपालिकामा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ४१६ पुगेको छ। जनस्वास्थ्य प्रबर्द्धन उपशाखाका डा. सुदा महर्जन अनुसार पछिल्लो तथ्यांकअनुसार चन्द्रागिरिमा संक्रमितको संख्या ४१६ पुगेको हो।

संक्रमण पुष्टि भएकामध्ये २८२ जना निको भएका छन् भने २७ जना अस्पतालमा र घरमा १०२ जना उपचार भइरहेको छन् ।

साथै संक्रमण पुष्टि भएकामध्ये  २७२ जना पुरुष, १४४ जना महिला र ६ जना बालबालिका रहेको छन्।

साथै चन्द्रागिरि नगरपालिकामा मृत्युको संख्या ५ पुगेको छ ।