चन्द्रागिरि ११ सतुंगलमा कपास फ्याक्ट्रीमा आगलागी, नजिकका घरमा पनि क्षति

काठमाडौं ।
चन्द्रागिरि ११ सतुंगलमा कपास एक फ्याक्ट्रीमा आगलागी भएको छ । सतुंगलमा रहेको कपडा पेल्ने फ्याक्ट्रीमा आगलागी भएको हो । आगलागीको कारण खुल्न सकेको छैन भने आगलागीले नजिकका घरमा समेत क्षति पुगेको छ । चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरी अनुसार फ्याक्ट्रीबाट आगलागी सुरु भएको भए पनि कारण भने पत्ता लाग्न सकेको छैन । अहिले दमकलले आगो निभाउने प्रयास जारी रहेको छ । अागाे निभाउन नेपाल प्रहरी, शशत्र प्रहरी, नेपाली सेनाकाे दमक सवै दमकल प्रयाेगमा ल्याउदा समेत अागाे अझै नियन्त्रण अाउन सकेकाे छैन । ५ सय भन्दा वढि सुरक्षा कर्मि परिचालित छन । करिव ६ वजे देखि लागेकाे अागाे नियन्त्रणमा ल्याउन प्रयास रहेका छन् । अागाे भने अझै फैलिएकाे छ ।