थानकोटमा डेरा लिनुस्, मोनोरेल आउँदैछ – प्रधानमन्त्री

काठमाडौं, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाका सांसदहरुलाई कलंकी वा थानकोटमा डेरा लिए बस्दा हुने बताउनुभएको छ ।

प्रधानमन्त्रिले आज राष्ट्रिय सभामा सम्बोधन गर्दै, उक्त कुरा बताउनु भएको हो । प्रधानमन्त्री मेट्रो रेल आउने निश्चित भएको र अब तीन वर्षपछि माननीयज्युहरु कलंकीमा डेरा लिए पनि हुने बताउदै थानकोटमा लिए पनि हुन्छ, १० मिनेटमा टक्रक्क आइपुगिन्छ , यहाँबाट १० मिनेटमा पुगिन्छ ।’ उहाले भन्नुभयो ।

उहाले भन्नुभयो वीरगञ्ज काठमाडौ रेल लिखित रुपमा आएको देख्नुभयो होला, केरुङ काठमाडौ सर्भे हुँदैछ । एमओयु भयो काठमाडौंमा मोनोरेल संचालनमा आउन कुनै समय लाग्दैन।‘

प्रधानमन्त्रीले एमओयु भइसकेको भने पनि काठमाडौ, महानगरपालिकाले चक्रपथमा मोनोरेलको ‘सम्भाव्यता अध्ययन’का लागि चीनको चाइना रेलवे २५ व्युरो ग्रुप कम्पनीलार्इ शुक्रबार जिम्मा दिएको हो । कम्पनीले प्रतिवेदन बुझाउन ६ महिना लगाउनेछ । ए बि सी न्युज टेलिभिजन नेपाल बाट साभार।