दहचाेकलाई केन्द्रविन्दु वनाएर भूकम्पको धक्का

काठमाडौँ । काठमाडौँको दहचाेकलाई केन्द्रविन्दु भएर गोरखा भूकम्पको परकम्प गएको छ । वेलुका ९ बजेर २२ मिनेट जाँदा ३.२ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । अघिल्लो वर्ष वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४६५ परकम्प गएको केन्द्रले जनाएको छ ।