नागढुङ्गामा लागुअाैषध सहित दुई प्रकाउ ।

काठमाडौं / पुस ८ महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुअाैषध सहित दुई जनालाई नियन्त्रण लिएकाे छ । महोतरी वाट काठमाण्डौ आउदै गरेको ना ४ ख ९५०९ नम्वरको यात्रुवाहक वस चेकजाच गर्ने क्रममा ३८४ ट्यावलेट नाईट्राजोपाम लागु औषध सहित प्रहरी प्रभाग नागढुङ्गाले उनिहरूलाई पक्राउ गरेको हाे । लुकाई छिपाई लागुअाैषध ल्याउने महोतरि मनरा ८ वस्ने वर्ष १९ को विबेक कुमार सिह , रुद्रपुर ७ झापा वस्ने वर्ष २० को नितेश श्रेष्ठलाई चेक जाचकाे त्रममा नियन्त्रणमा लिएकाे महानगरीय प्रहरी प्रभाग नागढुङ्गा प्रहरी निरिक्षक केशव राज भट्टले जानकारी दिए । उनले थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाईएकाे वताए ।