चन्द्रागिरि नगरपालिकामा नेपाली कांग्रेस पार्टीका तर्फबाट मेयर पदका अाकांक्षीहरू के भन्छन् ?

काठमाण्डाै, वैशाख १८ ।

स्थानीय निर्वाचनको चर्चा देशभरका स्थानीय निकायहरूमा चुलिँदो छ । दलहरू गाँउपालिका तथा नगरपालिकाहरूमा अाफ्नो दाबेदारी प्रस्तुत गर्न उम्मेदवारहरूको चयनको अन्त्यतिर पुगेका छन् । चन्द्रागिरि नगरपालिकामा अधिकांश दलहरूले अाफ्ना उम्मेदवारको टुंगो लगाउन सफल भएपनि देशकै ठुलो राजनैतिक दल नेपाली कांग्रेसले यो सामाग्री तयार गर्दासम्म मेयर पदको उम्मेदवार चुन्न सकेको छैन् । घनश्याम गिरी, वसन्तलाल महर्जन, हिरा बहादुर प्रधान, राजेन्द्रविक्रम बानियाँ, धर्मानन्द श्रेष्ठ, गणेश सुवेदी, कविन्द्र गोपाली, कृष्ण महर्जन, यमुनादेवी श्रेष्ठ, टेक बहादुर पोखरेल, इन्द्र बहादुर बराल लगायत नेपाली कांग्रेसबाट मेयर पदका लागि अाकांक्षीका रूपमा प्रस्तुत भएका छन् ।

चन्द्रागिरिन्युजले चन्द्रागिरि नगरको लागि नेपाली कांग्रेस पार्टीबाट मेयर पदका अाकांक्षीहरू मध्येका केहीसँग सम्पर्क गरि उनीहरूको धारणा बुझ्न कोशिस गरेको छ ।

वसन्त लाल महर्जन

“हाम्रो नगरपालिका राम्रो नगरपालिका, भव्य र सभ्य नगरपालिका” नारा सहित नेपाली कांग्रेसका तर्फबाट चन्द्रागिरि नगरको मेयर पदको अाकांक्षी वसन्तलाल महर्जन अाफ्ना भावि योजना प्रथम नगर विकास परियोजना, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा अावश्यक पुर्वाधारको व्यवस्था, सडकको उचित विस्तार एवं विकास, नगरको धार्मिक तथा सांस्कृतिक पक्षको उत्थान रहेको बताउँछन् ।

हिरा बहादुर प्राधन

 

नेपाली कांग्रेसका तर्फबाट चन्द्रागिरि नगरको मेयर पदका अर्का अाकांक्षी हिरा बहादुर प्रधानको भावि योजना कलंकी-नागढुङ्गा सडक विस्तारको क्रममा मु-आब्जा नपाएका व्यक्तिहरुलाई मु-आब्जा दिलाउने नै मुख्य रहेको बताउँछन् ।

टेक बहादुर पोखरेल

नेपाली कांग्रेसका तर्फबाट चन्द्रागिरि नगरको मेयर पदका अर्का अाकांक्षी टेक बहादुर पोखरेलले अाफ्नो भ्रष्टाचार रहित नगरपालिका र युवा रोजगारीका कुरा चुनावी नाराको रूपमा रहेको बताउँछन् ।

धर्मानन्द श्रेष्ठ

नेपाली कांग्रेसका तर्फबाट चन्द्रागिरि नगरको मेयर पदका अाकांक्षी धर्मानन्द श्रेष्ठ अाफु मेयर भएमा नगरपालिकाको लागि पर्यटन प्रर्वद्धन, स्थानीय विकाश, कृषिमा आधुनिकीरण,कृषिबाटै स्थानीयको आत्मनिर्भरता वृद्धि, धर्मिक र सांस्कृतिक उत्थान, जेष्ठ नागरिक सम्मान, महिला र बालबालिकाको हक र अधिकार गर्ने बताउँछन् ।

इन्द्र बहादुर बराल

नेपाली कांग्रेसका तर्फबाट चन्द्रागिरि नगरको मेयर पदका अाकांक्षी इन्द्र बहादुर बरालले अाफु चन्द्रागिरि नगरको लागि नेपाली कांग्रेस पार्टीका तर्फबाट मेयर पदको लागि उपयुक्त भएको भन्दै अाफुमा मेयर भएमा नगरमा पानी, शिक्षा, स्वास्थ्य, सडक अादिको विकास प्राथमिकताका साथ गर्नु रहेको बताउँछन् ।