पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई रुपैयाँ मूल्य वृद्धि

काठमाडौं । बुधबार साझबाट पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई दुई रुपैयाँ मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमका सञ्चालक समितिको बैठक बसी अहिले साझ १२ बजेबाट लागु हुनेगरी सो रुपैयाँ बराबर मूल्य वृद्धि गर्ने निर्णय गरेको आयल निगमका सञ्चालक अरविन्द अग्रवालले जानकारी दिएका छन् ।

अब पेट्रोलको मुल्य प्रतिलिटर एक सय १० रुपैयाँ साथै डिजेल र मेट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ ।