मेलम्चीले समय मागेपछि रोकियो त्रिपुरेश्वर–कलङ्की सडकखण्डको कालोपत्र

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाले पाइप बिच्छ्याउन सडक खन्ने बताएपछि त्रिपुरेश्वर–कलङ्की सडकखण्डको कालोपत्र गर्ने कार्य पछि धकेलिएको छ ।

धुँवा र धूलोका कारण यात्रु तथा स्थानीयवासी मर्कामा परे पनि पछिल्लो पटक उक्त सडकमा नै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पाइपलाइन बिच्छ्याउने जानकारी गराएको थियो ।

कालोपत्र गर्ने वित्तिकै सडक खन्नुपर्ने अवस्था आएकाले आवश्यक समन्वय गरिएको आयोजनाले जनाएको छ । सोल्टीमोड–कलंकी खण्डमा दशैं अगावै कालोपत्र सम्पन्न गर्ने तयारी भएको भएपनि मेलम्ची खानेपानीको पाइपलाइन बिछ्याउन सो सडक खण्ड थप खन्नुपर्ने भन्ने स्वीकृतिका लागि अनुरोध गरेको जनाएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।