​सलमान खानलाई ५ वर्षको जेल सजाय

चैत २२ – कालो हरिण मारेको आरोपमा सलमान खानलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ ।

जोधपुरको अदालतले सन् १९९८ मा सलमान खानले चलचित्र ‘हम साथ साथ हे’ का छायांकनका दौरानमा कालो हरिण मारेको आरोपमा सलमानलाई सजाय सुनाएकाे हाे । सलमानलाई पाँच वर्षकाे जेल सजायसँगै १० हजार रुपैयाँ जरिवाना ताेकिएकाे छ । सलमान खानलाई सेन्ट्रल जेल पठाउने तयारी भैरहेको छ । अदालतकाे फैसलाप्रति सलमान खानले अपील गर्न सक्नेछन् ।

सलमान खानलाई जाेधपुरमा रहेकाे सेन्ट्रल जेलमा राखिने बताइएकाे छ । जहाँ अासाराम बापुलाई राखिएकाे छ । यही मुद्धामा अन्य कलाकार सैफ अली खान, तब्बू, साेनाली बेन्द्रे तथा नीलमलाई अदालतले सफाई दिएकाे थियाे ।