चन्द्रागिरिमा जर्मन बिकास बैंकको लगानीमा १ अर्ब बराबरको अस्पतालको निर्माण हुने

चन्द्रागिरि नगरपलिकामा जर्मन बिकास बैंक (के एफ डब्लु)को लगानीमा १ अर्ब बराबर को वरिष्ठ प्रसुति सेवा दिने अस्पतालको निर्माण हुने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चन्द्रागिरि नगरपलिका नगर प्रमुख घनश्याम गिरी तथा जर्मन बिकास बैंकका प्रतिनिधि बिच प्रारम्भिक सम्झौतामा हस्ताक्षर गर्ने कार्य सम्पन्न  भएको हो ।

परोपकार प्रसुति गृहको मातहतमा सन्चालन हुने उक्त अस्पताल च.न.पा ४ थानकोटमा निर्माण हुने भएको छ। उक्त सम्झौतामा बढीमा ४ बर्षमा निर्माण सम्पन्न गरि सेवा सुचारु गरिने कुरा उल्लेख गरिएको छ।

नेपाल सरकारको अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयको समन्वयमा उक्त योजना सम्पन्न हुनेछ। सम्झौता हस्ताक्षर कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन खालिङ् तथा अन्य पदाधिकारी तथा वडा नं ४ का वडाध्यक्ष कृष्ण प्रसाद खड्गीको उपस्थिती रहेको थियो।

स्रोत, तस्बिर : -नगरप्रमुख घनश्याम गिरीको निजी सचिवालय – चन्द्रागिरि नगरपालिका काठमाडौं