
चन्द्रागिरि नगरपालिकामा कुखुराको खोरमा चितुवा फेला परेको छ । नगरपालिकाको वडा नम्बर १ दहचोक मा कुखुराको खोरमा अड्किएको अवस्थामा चितुवा फेला परेको हो । खोरमा खुट्टा अड्किएको अवस्थामा फेला परेको चितुवालाई डिभिजन वन कार्यालय हात्तीसारको टोलीले उद्धार गरेको छ ।
महानगरीय प्रहरी प्रभाग बलम्बुका अनुसार चितुवालाई उद्धार गरेर सदर चिडियाखाना जावलाखेल पठाइएको हो । गएराति करिब ९ बजेतिर खोरमा अड्किए चितुवालाई करिब १२ घण्टापछि उद्धार गरिएको हो ।
तस्बिर श्रोत नेपाल प्रहरी