चन्द्रागिरि नगरपालिका वडा नं ८ मा खुला मदिरा बिक्रि वितरण रोक

चन्द्रागिरि नगरपालिका वडा नं ८ ले खुला मदिरा बिक्रि वितरण गर्न तथा प्लाष्टिक जन्य फोहोरमैला जथाभावी
जलाउन रोक लगाउने सार्वजनिक सुचना जारि गरेक छ।

च.न.पा ८ वडाध्यक्ष रिजाल द्वारा जारि गरिएको उक्त सुचनामा “चन्द्रागिरि नगरपालिका वडा नं. ८ मा खुला मदिराको सेवनका कारण अपराधिक कृयाकलाय बढेको , यस क्षेत्रमा वसोवास गर्ने वासिन्दाको जिवनमा नकारात्मक असर परेको देखिएकोले सो को न्युनिकरण तथा रोकथाम गर्नको लागि मिति २०७९।०५।०१ देखि लागु हुने गरि मदिरा ओसार पसार तथा बेचविखनमा रोक लगाउनुहुन अनुरोध छ । साथै प्लाष्टिक जन्य फोहोरमैला खुला रुपमा जलाउने गरेको र सो को कारण जनस्तरमा नकारात्मक असर परेको भनि जनगुनासो समेत आएको हुदाँ प्लाष्टिक जन्य फोहोर मैलाको जथाभावी जलाउने र प्रदुषण फैलाउने कार्य नगर्नुहुन अनुरोध छ ।

यस सुचनालाई वेवस्ता गरि उल्लेखित कार्य गरेको पाईएमा कानुन बमोजिम आवश्यक कारबाहि गरिने
व्यहोरा समेत जानकारी  गराएको छ।”