संसद भवन अगाडि आत्मदाहको प्रयास

काठमाडौं, १० माघ । काठमाडौँ नयाँ बानेश्वरको संसद भवअगाडि एक युवकले मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका छन् ।



jibss

संघीय संसद भवनको मुख्य प्रवेशद्वारको विपरीत दिशामा एक युवकले एसिडजस्तो तरल पदार्थमा आगो लगाई आगो भित्र छिरेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

उनलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि कीर्तिपुर अस्पताल लगेको प्रहरीले जानकारी दिएको छ ।