बालाजुमा भ्यान र मोटरसाइकल ठोक्किँयो, चन्द्रागिरि २ का कार्कीको मृत्यु

१६ असार ०७९, काठमाडौं । काठमाडौंको बालाजुमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

गएराति सवा ८ बजे बा ६ च ४८११ नम्बरको सामान बोक्ने भ्यान र बा ७५ प २२५९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक काठमाण्डौ चन्द्रागिरी नगरपालिका-२ का ३९ वर्षका सञ्जीव कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

भ्यान चालकलाई प्रहरीले पक्राउ गरेको छ ।