
चन्द्रागिरि।
चन्द्रागिरि नगरपालिका-१२ बलम्बुमा एक युवा मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार सिन्धुली घर भइ दहचोक बस्दै आएका युवा मृत भेटिएका हुन् । उनी आफैंले हाँक्ने टाटामोबाइलको पछाडी झुण्डिएको अवस्थामा शुक्रबार बिहान फेला परेका हुन् । उनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको प्रहरी प्रभाग बलम्बुले जनाएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको बताइएको छ ।