चन्द्रागिरिमा ४७ हजार २ सय ६४ मतदाता

काठमाडौँ — आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता हुने भएका छन् ।

आइतबार बसेको निर्वाचन आयोगको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाताको नामावली टुंगो लगाएको हो ।

मतदातामध्ये ८९ लाख ९२ हजार १० जना पुरुष र ८७ लाख ४१ हजार ५ सय ३० जना महिला रहेको आयोगले जनाएको छ । साथै, अन्यतर्फ १८३ जना रहेको पनि बताइएको छ ।

आइतबार आयोगले जारी गरेको विवरण अनुसार चन्द्रागिरि नगरमा कुल मतदाताको संख्या ४७ हजार २ सय ६४ रहेको छ ।

चन्द्रागिरि नगरमा पुरूष मतदाता २२ हजार ८ सय तथा महिला मतदाताको संख्या २४ हजार ४ सय ६३ रहेको आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ, एक जना मतदाताको पहिचान खुलाइएको छैन् । त्यस्तै चन्द्रागिरि नगरमा स्थानीय निर्वाचनका लागि २२ मतदानस्थल तथा ५६ मतदान केन्द्र तोकिएका छन् ।