चन्द्रागिरि नगरपालिकामा सम्झौता, अनुगमन, भुक्तानी कार्यहरु निर्वाचनको मतदान सम्पन्न नभएसम्मका लागि स्थगित

चन्द्रागिरि नगरपालिकाले सार्वजनिक सुचना जारि गरेक छ। च.न.पा प्रमुख प्रशासकीय अधिकृत नीराज पौडेल द्वारा जारि गरिएको उक्त सुचनामा स्थानीय तहको निर्वाचनको लागि यस चन्द्रागिरि नगरपालिकाको प्रशासकीय भवन बलम्बुमा निर्वाचन अधिकारीको कार्यालय स्थापना भई कार्य सञ्चालन भइरहेको, आज मिति २०७९।०१|११ गतेदेखि उम्मेदवारी दर्ता सँगै निर्वाचनको मूल प्रक्‌या आरम्भ भएको,

निर्वाचन प्रकृयामा नगरपालिकाका कर्मचारीहरुले समेत निर्वाचन अधिकारीलाई सहयोग गर्नुपर्ने भएको तथा निर्वाचन आयोगबाट जारी आचारसंहिताको परिपालना समेत गर्नुपर्ने सन्दर्भमा नगरपालिकाबाट सम्पादन हुने योजना तथा कार्यक्रमहरुको सम्झौता, अनुगमन, मूल्यांकन, भुक्तानी लगायतका कार्यहरुबाट कहीँकतै विवाद उत्पन्न हनसक्ने सम्भावना समेतलाई मध्यनजर गर्दै निर्वाचनको मतदान सम्पन्न नभएसम्मका लागि उल्लेखित कार्यहरु स्थगित गरिएको र मतदानको समाप्तीसँगै ती सेवाहरु पुनः सुचारु हुने व्यहोरा सरोकारवाला सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।