चन्द्रागिरि ४ पानीघाटका दुई घरमा बाढी पस्दा आठ लाख रूपैयाँ बराबरको क्षति

सोमबार दिउँसो परेको वर्षाका कारण चन्द्रागिरि वडा नं ४ स्थित पानीघाटका दुई घरमा बाढी पस्दा आठ लाख रूपैयाँ बराबरको क्षति पुगेको छ।



jibss

पानीघाटस्थित हिमचुल खोलामा आएको ढुंगा माटोसहितको बाढी दुई घरमा पसेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

बाढी पस्दा आठ लाख रूपैयाँ बराबरको क्षति भएको उनले बताए।

बस्तीमा बाढी पसेपछि प्रहरी वृत्त थानकोटका डिएसपी डिल्ली नारायपण पाण्डेसहितको २० जनाको टोली र नेपाली सेनाको टोलीले त्यहाँ फसेका मानिसहरूको उद्धार गरेका हुन् ।  बाढीमा फसेका मानिसको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ।

बाढीका कारण जस्तापाताले छाएको घरमा पूर्ण रूपमा क्षति पुगेको छ। सो घरमा रहेको दुई वटा कुखुरा, दुई तोला सुन लगायत गरी सात लाख बराबरको क्षति पुगेको मैनालीले जानकारी दिए।

त्यस्तै सोही ठाउँका पूर्णबहादुर थिङको एक तले घरमा पनि बाढी पसेको थियो। घरमा सामान्य क्षति पुगेको र १२ वटा कुखुरा बगाएका छन्।

त्यस घरमा एक लाख रूपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ।