
आगामी वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा चन्द्रागिरि नगरपालिकाको मेयरमा माओवादी बाट रूपा महर्जन श्रेष्ठ सर्वसम्मत चयन गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) चन्द्रागिरी नगर समितिले आगामि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नगरप्रमुख पदमा बागमती प्रदेश समिति उपाध्यक्ष एवं तत्कालीन संविधानसभा सदस्य रूपा महर्जन श्रेष्ठलाई उम्मेदवार चयन गरेको हो ।