चन्द्रागिरिमा स्थानीय चुनावको खर्च विवरण नबुझाउएको कारण जरिवानामा परेका उम्मेदवारको विवरण

काठमार्डौं । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएका मध्ये कानून बमोजिम खर्च विवरण निर्वाचन आयोगसमक्ष नबुझाउने उम्मेदवारहरुबाट निर्वाचन आयोगले २४ अर्ब रुपैयाँभन्दा बढी रकम असुल्ने प्रक्रिया शुरु गरेको छ ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण आयोगमा नबुझाउने महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष, सबै स्थानीय तहका वडाध्यक्ष, सदस्य, महिला सदस्य र दलित सदस्य गरी एक लाख २३ हजार ६२४ जनाले निर्वाचन खर्च नबुझाएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवार भएकामध्ये निर्वाचन खर्चको विवरण पेश गर्न दिएको निर्देशन पालन नगर्ने नगरपालिकाको प्रम्ुख र उपप्रमुखलाई चार लाख ५० हजार र गरपालिकाको वडाध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्यको लागि दुई लाख रुपैयाँ जरिवाना खर्च तोकेको हो ।

चन्द्रागिरिमा स्थानीय चुनावको खर्च विवरण नबुझाउएको कारण जरिवानामा परेका उम्मेदवारको विवरण:-