चन्द्रागिरि- १४ नैकापमा दुध बोक्ने गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु

चन्द्रागिरि नगरपालिका वडा नं १४ नैकापमा दुध बोक्ने गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका वडा नं १४ नैकाप स्थित भित्री सडकमा मंगलबार बिहान ५ बजे धादिङको ज्वालामुखी गाउँपालिका–५ बस्ने २२ वर्षीय मानबहादुर दुवाडीले चलाएको दूध बोक्ने बा प्र०१–०२६ च २१५१ नम्बरको गाडीले पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका पैदलयात्री ध्रुवप्रसाद रेग्मीको रहेका छन् ।

पैदलयात्री ध्रुवप्रसाद रेग्मीको उद्धार गरी उपचारको लागि अस्पतालमा लैजाँदा ६ बजे उपचारको क्रममा रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले गाडी चालक र गाडीलाई नियन्त्रणमा लिएको छ ।