
चन्द्रागिरि बचत तथा ऋण सहकारीले आफ्ना सदस्यहरु लक्षित उद्यमशीलता विकास तालिमको आयोजना गरेको छ । संस्थाले सदस्यहरुमा उद्यमशीलता विकास गर्ने उद्देश्यले संयोजन गरेको तालिम कार्यक्रम लघु घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रको प्राविधिक सहयोगमा चैत्र २२ गते सम्म सञ्चालन हुने बताइएको छ ।
तालिममा व्यवसायिक योजना तर्जुमा, उद्यम सञ्चालन, उद्यमको कारोवार व्यवस्थापनको विषयमा सिकाइने छ । साथै बैंक वित्तीय संस्थाबाट प्राप्त हुने सहुलियत कर्जा सम्बन्धी ज्ञान र सफल उद्यमीको सफलताको अनुभव साटासाटको विषयमा प्रशिक्षण दिईने जनाइएको छ ।
संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरको अध्यक्षतामा सुरु भएको तालिम कार्यक्रममा संस्थाका सहसचिव शरद कुँवर, तालिम सहजकर्ता डा. रामजी न्यौपाने, लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रका प्रमुख ऋषिराम पंगेनी र संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले तालिमका विषयमा चर्चा गरेका थिए ।