चन्द्रागिरि ११ मा सात दिन भित्र फुटपाथ पसलले व्यवस्था नगरे वडाले कारबाही गर्ने

492
chandragiri ward 10 and 11 footpath byapar
फाइल तस्बिर

चन्द्रागिरि नगरपालिका वडा नं. ११ ले सात दिन भित्र फुटपाथ पसल व्यवस्था नगरे कारबाही गर्ने सम्वन्धी सार्वजनिक सुचना जारि गरेक छ।

चन्द्रागिरि नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष नरेन्द्र राज श्रेष्ठद्वारा जारि गरिएको उक्त सुचनामा :-

यस चन्द्रागिरि नगरपालिका वडा न.११ सतुंगल अन्तर्गत सतुंगल चोकदेखि बिष्णुदेवी शिक्षा सदन हुदै बरपिपल बरपर अनियन्त्रित तबरले फुटपाथमा ठेला गाडा ,तरकारी पसल रेडिमेड कपडा बेचबिखनको कार्य हुदैँ गरेकोले सडक पैदलयात्रीहरुलाई बाधा भएका र सडक दुर्घटनाको उच्च जोखिम समेत भएको हुनाले यथाशिघ्र सडक फुटपाथका पसलहरु हटाउनका लागि यसै सूचनाद्वारा सम्बन्धित सरोकार वालाहरुलाइ जानकारी गराईन्छ । साथै यो सूचना प्रकाशित भएको मितिले सात दिन भित्र आ-आफ्नो व्यवस्था नगरेमा कानुन बमोजिम भै जाने व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ ।”