चन्द्रागिरि-६ निर्माणधीन घर छतमा त्रिपाल छोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु

चन्द्रागिरि।

चन्द्रागिरि नगरपालिका वडा नं. ६ स्थित बालागाउँमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

बुधुबार दिउँसो चट्याङ लाग्दा भीमफेदी गाउँपालिका वडा नं. २ का ३६ वर्षका राजु राम बजुको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको थियो।

बालागाउँ स्थित निर्माणधीन घरको छतमा त्रिपाल छोप्ने क्रममा चट्याङ लागेर बजुको मृत्यु भएको प्रहरीले जनाएको हो ।

तस्बिर :- सुदिप उप्रेती