गुर्जुधारामा दुई मोटरसाइकल ठोक्किँदा चार घाइते

accident

गुर्जुधारामा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते भएका छन्।



jibss

चन्द्रागिरि नगरपालिका-१२ गुर्जुधारा दुरसञ्चारस्थित सडकमा स ७ प ३५८७ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ३-०२-००३ प ४७०७ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्।

दुई मोटरसाइकलमा सवार चार जना घाइते छन्।

उनीहरूको ओम समाज अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

घाइते हुनेमा उदयपुर कटारीका २६ वर्षीय कुशल कार्की, २४ वर्षीय विक्रम बस्नेत, अछाम घर भई कीर्तिपुर बस्ने २६ वर्षीय पंक थापा मगर र दक्षिणकाली बस्ने २७ वर्षीय बिमल थापा मगर छन्।