थानकोट चेकपोष्टमा ट्रकको ठक्करबाट श्रीमानको मृत्यु , श्रीमती गम्भीर घाइते

चन्द्रागिरि।

चन्द्रागिरि नगरपालिका वडा नं. ७ स्थित थानकोट चेकपोष्ट सडक खण्डमा भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ। दुर्घटनामा एक महिला गम्भीर घाइते भएकी छिन् ।

थानकोट प्रहरीबृतले दिएको जानकारी अनुसार ट्रकले  प्रदेश १ नं. ८८२५ को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ गल्छीका ३७ बर्षिय गोविन्द अधिकारीको मृत्यु भएको हो।

ट्रकको ठक्करबाट सोही मोटरसाइकलमा सवार अधिकारीकी श्रीमती जानुका अर्याल गम्भीर घाइते हुनुभएको छ। उनको  न्यूरो अस्पताल बाँसबारीमा उपचार भइरहेको प्रहरीले जानकारी दिए।

दुर्घटनामा संलग्न ट्रक तथा सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।