
बागमती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदैछ । पाँच दलको सहभागीता रहेको बागमतीमा ३ दलबाट मन्त्री हुँदैछन् । दुई दलले भने मन्त्रालयको दाबी छाडेका छन् ।
मुख्यमन्त्री, आर्थिक योजना मन्त्री र अर्को एक मन्त्रालयको लागि ३ सदस्यीय मन्त्रिपरिषद् रहेको छ । अब आज ८ जना मन्त्रीहरू नियुक्त हुनेछन् । तीन दलको सहभागिता रहने बागमतीमा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले मन्त्रालय भागवण्डा गरेर लिएका छन् ।
सरकारमा रहेको सबैभन्दा ठुलो दल एमालेले पाउने मन्त्रालयमा मकवानपुरका सांसद एकालाल श्रेष्ठले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । त्यसैगरी एमालेका सांसद रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालय, एमालेका अर्का सांसद केशव पोखरेलले प्रदेशको पशुपन्छी तथा कृषि मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।