
चन्द्रागिरि ।
हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको कान्ति लोकपथ सडक आजदेखि पूर्णरुपमा बन्द भएको छ । आजदेखि थानकोट-चित्लाङ सडक ( गणेशमान सिंह मार्ग) मा सवारीसाधनकाे चाप थप बढ्ने भएको छ । हेटौंडा हुँदै काठमाडौं उपत्यका जोड्ने कान्ति लोकपथ मर्मतको लागि बन्द हुने भएको हो।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार कान्ति लोकपथ मर्मत सम्भारका लागि आजदेखि चैत १० गतेसम्म दुईतर्फी आवागमन बन्द गरिएको हो । सडक बन्द भएपछि यात्रुहरु भने समस्यामा परेका छन्।
मकवानपुरको ठिङ्गन नजिकबाट ललितपुरतर्फको सडक मर्मत तथा कालोपत्रेका लागि कान्ति लोकपथ बन्द गरिएको बताइएको छ ।
कान्ति लोकपथ बन्द गरिएसँगै हेटौँडा–काठमाडौं चल्ने सुमो लगायतका साना सवारी साधनका लागि सिस्नेरी र चित्लाङ सडकमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।
प्रशासनले हेटौँडाबाट काठमाडौं जानका लागि हेटौँडा–भीम फेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रुट र काठमाडौंबाट हेटौँडा आउनका लागि थानकोट–चित्लाङ–मार्खु (कुलेखानी)–भीम फेदी रुट प्रयोग गर्न सकिने जनाएको छ ।