
राेसन दानी,१९ बैशाख, चन्द्रागिरि ।
चन्द्रागिरि नगरपालिका स्थित घ्याम्पेडोल नागढुङ्गा सडक खण्ड मर्मत नहुदा अत्याधिक धुलाेका कारण आम नागरिककाे स्वास्थ्यमा गम्भीर असर देखा परेको छ ।
व्यवस्थित ढल निकास नहुदा र निकासका लागि खनिएका नाला बनाउदा बाटाे ध्वस्त भएकाे हाे ।
दैनिक साे वाटाेवाट नागढुङ्गा,दहचाेक,बलम्वु नैकापका स्थानीयहरूले साे सडक बैकल्पिक मार्गका रूपमा प्रयाेग गर्दै आईरहेका छन् ।
बाटो पिच हुन नसक्दा दैनिक स्थानीयहरू र माेटरसाईकलमा सवारहरूलाई धुलाेकाे कारण सास्ती व्यहोर्नुपर्ने अवस्था सृजना भएकाे चन्द्रागिरि १३ का सामाज सेवी अशाेक बुढाथोकी बताउछन् ।
धुलाेकाे कारण विद्यालय जाने विद्यार्थी,बालबच्चालाई वढि स्वास्थ्यमा असर देखा परेकाे छ ।
घ्याम्पेडोल नागढुङ्गा सडक खण्डको, चुनदेवी चाेक,सुरूङ्ग मार्ग नैकाप फुटबल ग्राउण्ड आसपास लगायत क्षेत्रमा समस्या देखिएकाे स्थानीय बताउछन् । घ्याम्पेडोल नागढुङ्गा सडक मर्मत संमारकाे जिम्मेवारी सडक बिभागकाे हाे ।
उक्त सडक खण्ड पानी परेकाे बखत हिलाे र तालमा परिनत हुने गरेकाे छ । स्थानियहरूले सडक तत्काल मर्मत नगरे बाटाे बन्द गरेर आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।