पेट्रोलको मूल्य लिटरमा १० रुपैयाँ घट्यो

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले ती सबैमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको हो । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।  पेट्रोलियम पदार्थमा लाग्ने पूर्वाधार कर सरकारले घटाएपछि निगमले मूल्य समायोजन गरेको हो।



jibss

घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने छ ।  अब पेट्रोलकाे मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलकाे मूल्य प्रतिलिटर १५३ रुपैयाँमा झरेको छ ।