फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

८ जेठ ०७९,काठमाडौँ । नेपाल आयल निगमले एक सातापछि फेरि इन्धनको मूल्यमा भारी बृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १ सय ६३ रुपैयाँ पर्ने भएको छ ।

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाा बढेको छ । अब ग्यासको भाउ अव १ हजार ६ सयबाट प्रतिसिलिण्डर १ हजार ८ सय पुगेको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने जानकारी दिएको छ ।