कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौ ,साउन १९।

प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रक्रिया अगाडि बढाउन ऊर्जा मन्त्री पम्फा भूसाललाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले प्राधिकारणको सुधार र जनताको चाहना अनुसार घिसिङलाई जिम्मेवारी दिने प्रक्रिया थाल्न मन्त्री भुसाललाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।