काठमाडाैं क्षेत्र नं. १० मा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसीकाे ह्याट्रिक

rajan kc

काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी (राजन) विजयी भएका छन् । उनी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए । केसीले २०७०, २०७४ र २०७९ मा लगातार तीन वटा चुनाव सोही क्षेत्रबाट जितेका छन् ।

यसपटक उनी १४ हजार ४५८ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिमेस केसीले ११ हजार ७८६ मत पाएका छन् ।

रास्वपाका प्रदीप विष्टले ८ हजार ७३६ र माओवादी केन्द्रकी अन्जना विशंखेले ५ हजार २६२ मत पाएका छन् ।

केसीको विजयसँगै काठमाडौंमा कांग्रेसले काठमाडौंका १० मध्ये ५ सीट जितेको छ ।

यसअघि कांग्रेसले २०७४ सालमा काठमाडौं क्षेत्र नम्बर १,४,६ र १० नम्बरमा जितेका थियो ।

यसपटक विगतमा एमालेले जितेको क्षेत्र नम्बर ३ र ५ मा समेत जित निकाल्दा विगतमा जित्दै आएको ६ नम्बर क्षेत्र गुमाएको छ ।