असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने

सरकारले असार १ गतेदेखि  सडक खन्न नदिने भएको छ । वर्षायाममा सडक खन्दा तत्काल मर्मत सम्भार गरि यथास्थितिमा ल्याउन नसकिने र सडक पनि बिग्रने भएकाले  सडक बिभागले सडक खन्न नदिने भएको हो ।

अब असार १ गतेदेखि कुनै पनि धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनको लागि सडक खन्न पाइने छैन ।

विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले २०७९ साल असार १ गतेदेखि देखि २०७९ साल भदौ मसान्तसम्म कार्यालय अन्तर्गतका सडक डिभिजनहरु मातहतका कुनै पनि सडक खन्नको लागि स्वीकृति नदिने भएको हो ।

कसैले जबर्जस्ती सडक खने सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारवाही गरिने कार्यालयले जनाएको छ ।