
चन्द्रागिरि।
काठमाडौंको बल्खुमा ट्रकले ठक्कर दिँदा एकजना सरकारी अधिकृतको मृत्यु भएको छ। आइतबार दिउँसो साढे १२ बजे बल्खु चोकमा सानेपाबाट कलंकीतिर जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १७१५ नम्बरको मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक मृत्यु भएको हो।
मृत्यु हुने अर्घाखाँची छत्रदेव गाउँपालिका-५, चन्द्रागिरि नगरपालिका-१२ सतुंगल बस्ने ३८ वर्षीय भूपति पाण्डे हुन् । उनी शाखा अधिकृत हुन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन विभागको कार्यालयमा कार्यरत थिए।
मालवाहक गाडीले सोही दिशा जाँदै गरेको बा अअ ९८३५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ठक्कर पछि गम्भीर घाइते भएका पाण्डेलाई नजिकैको वयोधा अस्पतालमा लगिएकोमा अस्पतालमा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले ४३ वर्षीय ट्रक चालक अर्जुन ढुंगानालाई पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान प्रहरी वृत्त कालिमाटीबाट हुने परिसरले जनाएको छ।