माघ १५ सम्म विद्यालय बन्द, २५ जना भन्दा बढी भेला हुन् नपाइने

काठमाडौं । सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाइने भएको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो ।

सीसीएमसीसीले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय पनि गरेको छ ।