फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १ सय ३९ रूपैयाँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको हो।

मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ३९, डिजेल र मट्टीतेल समान एक सय २२ रुपैयाँ प्रतिलिटर पुगेको छ । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्ये ५ रुपैयाँले बढेर १०६ र अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रति किलाेलिटर १०० डलरले बढेर ९९५ पुगेकाे छ ।