
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको हो।
मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ५०, डिजेल र मट्टीतेल एक सय ३३ रुपैयाँ प्रतिलिटर पुगेको छ । एलपी ग्यासको मूल्य यथावत राखिएको छ । साथै हवाई इन्धनको मूल्य पनि यथावत राखेको छ ।