
चन्द्रागिरि ।
जेठ १५ गते सोमबार अर्थात भोली सार्वजनिक विदा हुने भएको छ ।
सोमबार गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा हुने भएको हो । हरेक वर्ष सरकारले गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिँदै आएको छ ।
संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ ।
झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो ।