
काठमाडौं । सरकारले अन्तर प्रदेश (राष्ट्रिय स्तर) मा चल्ने सार्वजनिक यातायातको भाडा १५ प्रतिशतसम्म वृद्धि गरेको छ । आइतबार विभागले रुटगत भाडादर सार्वजनिक गरेको हो ।
विभागले १० देखि १५ प्रतिशतसम्म भाडा वृद्धि गरेको छ । विभागका अनुसार यात्रुबाहक सवारीको भाडा १० प्रतिशतले बढेको छ । साथै, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी भाडा १३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा १५ प्रतिशतले बढाएको छ ।
नयाँ भाडादरको सूची हेर्नोस्–