नयाँ निर्देशिका बमोजिम ट्रायल परिक्षण तर जनताले लाईसेन्स पाउँने कहिले ?

राेसन दानी, काठमाडौ । यातायात व्यवस्था बिभागले  सवरी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परिक्षालाई व्यवस्थित र वैज्ञानिक बनाउन दुई दिने कार्यशाला गोष्ठीको सुरु गरेकाे छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग मिनभवनको आयोजनामा चन्द्रागिरि १२ गुर्जुधारामा रहेको भेहिकल एकेडेमी एण्ड रिर्सच सेन्टरमा सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रणाली र परीक्षणकालीन सवारी चालक अनुमती पत्र सम्वन्धी प्रदेश स्तरिय सहजिकरण कार्यक्रमको आयोजना गरेको हो ।
विभागले ट्रायल सेन्टर म्यानेजमेन्ट सिस्टम (टिएसएमएए) नामक सफ्टवयर लन्च गरी परिक्षा केन्द्रलाई प्रविधि मैत्री बनाउन लागेको जनाएको छ ।
यातायात विभागले ल्याएको लाइसेन्स नयाँ निर्देशिका २०७७ मा आधारीत भएर नयाँ सफ्टवयर डिजाइन गरेकाे छ । निर्देशिकामा गरिएको व्यवस्था अनुसार ए,के र बी मोटरसाईकल स्कुटर र साना सवरीसाधनलाई व्यवस्थापन गर्न लागिएको छ ।
आजबाट सुरु भएको कार्यक्रममा ७ वटै प्रदेशका कार्यलय प्रमुखहरुको उपस्थितिमा प्रदेश स्तरिय सहजिकरण कार्यक्रमको दुई दिन सम्म चल्ने छ ।    

मोबाइल र वेभ एप्लिकेशनमा आधारीत रहेको यो प्रणालीले लाइसेन्स प्रयोगात्मक ट्रायल परिक्षालाई थप व्यवस्थित गर्ने विभागको योजना छ ।

हालसालै सार्वजनिक भएको वेभ एप्लिकेसन कार्यालय प्रयोजनका लागी हो भने मोबाइल एप फिल्डमा खटिने यातायातका कर्मचारीको लागी हो ।

विभागले यो प्रणाली लागू गरिसकेपछि हालसम्म भएका सम्पूर्ण कागजी डकुमेन्ट मोबाइल एप तथा बेभ एप्लिकेशनमा अब रुपान्तरण हुने छ । जसले गर्दा सेवाग्राहीको सम्पूर्ण विवरण प्रविधिको प्रयोग मार्फत आउने छन ।

ट्रायल सेन्टर म्यानेजमेन्ट सिस्टममा कति संङ्ख्यामा कुन कुन क्याटोगोरिका सेवाग्राहीले ट्रायल परिक्षा दिने, फोटो खिचाउने र प्रविधिको प्रयोग गरी डेटा समेत राखिने छ ।

जसले गर्दा ट्रायल परिक्षा पारदर्शी र निष्पक्ष हुने विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।  

यसअघि एक व्यक्तिको नाममा अर्काे व्यक्तिले पनि आएर ट्रायल परिक्षा दिने गरेका थिए । अब भने यो प्रणालीले यस्ता विकृतिलाई पूर्णरुपमा विस्थापित गर्ने छ ।
यातायात व्यवस्था कार्यालय ठुलो भयाङका प्रमुख संञ्जय थापाले प्रयोगात्मक परिक्षालाई मार्किङ गर्ने मोवाईल एप्स सञ्चालन हुन लागेको जनाकारी दिए ।

फोटो खिचिसकेपछि सवारी नम्बर एसाइन गरी ट्रायल दिन सुरु गर्ने छ । यो प्रणाली ए, बी र के क्याटगोरीमा लागू हुनेछ ।

कसरी हुन्छ मुल्याङ्कन ?

यातायात विभागले ल्याएको सवारी अनुमति पत्र निर्देशिका अनुसार नै ट्रायल परिक्षा हुने छ । बेभ एप्लिकेशन र मोबाइल एपले ट्रायल परिक्षालाई पाँच भागमा विभाजन गरेको छ ।          

यातायात कार्यालय ठुलो भर्याङ्ग कार्यालय प्रमुख संञ्जय थापाका  अनुसार पहिलो चरणमा घुमाउरो आठ, दोस्रो ट्राफिक लाइट, तेस्रो यूटर्न, चौथो उकालो÷ओरालो र गाडीको हकमा एल व्याक क्याटागोरी छुट्याइएको हुन्छ ।                                      

यी पाँच ओटै स्टेपमा यातायातका कर्मचारीले मोबाइल एपको माध्यमबाट मुल्याङ्कन गर्न बसेका हुन्छ । पहिले सोहि स्टेपमा ट्राफिक प्रहरी बसेका हुन्थे ।

त्यहाँ बसेका प्रत्यक कर्मचारीलाई मोबाइल एपको पासवर्ड दिएको हुन्छ जहाँ आफनो क्षेत्राधिकार, सेक्टर भित्रको मात्रै सेवाग्राहीले दिएको ट्रायल मुल्याङकन गर्न पाउने अधिकार उनीहरुलाई दिइएको हुन्छ ।                                                  

सेवाग्राहीले ट्रायल दिने क्रममा तोकिएको निमय भन्दा बहिर गएर अर्थात आठको घेरा दुई पटकसम्म छोए मोबाइल एप मार्फत नै उसको नम्बर घट्ने छ । जतिचोटि गल्ती भयो मोबाइल एपले त्यतिनै उसको मार्किङ गर्दै जाने यातायात विभागले जनाएको छ ।                                                                      

ट्रायल सकिएपछि सेवाग्राहीले कहाँ कहाँ गल्ती र फेल भएको समेत देखाइने र कहाँ कहाँ पोइन्ट घट्यो भनेर रिपोर्ट समेत उपलब्ध हुने छ । यो प्रणाली अगामी भदाै देखि लागू गर्ने विभागको तयारी छ ।

हाल यो प्रणाली विभागले यातायात कार्यालय तथा परिक्षा केन्द्रमा परिक्षण गरिरहेको छ । विभागका अनुसार टिएसएमएसले ट्रायल परिक्षाको चाँप पनि आधा घटाउने बताइएको छ ।

प्राविधिक समस्याले आम नागरिक मारमा

गत आ.व . ०७७/०७८ सम्ममा ७ देखि ८ लाख हाराहारीमा नागरिकहरूले  विभिन्न वर्गका लाईसेन्स लिन अन्लाईन फारम भरेर लाईनमा बसिरहेका  छन् । बढ्दाे काेराेना भाईरस संक्रमनकाे डरले १७ महिना देखि लिखित तथा प्रयाेगमत्मक परिक्षाका लागि उनिहरू बञ्चित भएर बस्दै र समय कुर्दै आईरहेका छन् ।
सरकारले लाईसेन्सका लागि कुनै पनि प्रकृया बढाउन नसक्दा आम नागरिकहरू समस्या झेल्दै आईरहेका छन् । लाईसेन्स लिन नपाउदा वैदेशिक राेजगारीमा जाने आम नागरिक झन समस्या परेकाे  नागरिकहरूकाे जन गुनासाे रहदै आईरहेका छ । यता यातायात मन्त्रालय र विभागले नयाँ यातायात व्यवस्था निर्देशिका २०७७ जारी गरि पुनः कार्यान्वयनमा नआई संशोधन गरेकाे छ । नयाँ यातायात व्यवस्था निर्देशिका २०७७ ले आम नागरिकहरूलाई सहज र सहजिकरण गर्ने बताईरहदा ८ लाख नागरिकहरूले कहिले लाईसेन्स पाउने र नयाँ व्यवस्थाकाे उपयाेग कहिले गर्न पाउने भन्ने विषयमा प्रश्नचिह्न खडा भएकाे देखिन्छ । यातायात व्यवस्था बिभागमा सहभागी सवै प्राय प्रदेश स्तरिय कार्यालयका प्रमुख हरूले याे नयाँ प्रविधिबाट लाईसेन्स प्राप्त गर्न कुनै पनि पुर्वाधार तयारी र उपलब्धता नभएका कारण नयाँ व्यवस्था र प्रविधिमा तत्कालै ट्रायल परीक्षा तुरुन्तै गर्ने कुरामा बिस्वस्थ हुने कुरामा संङ्खा पैदा भएकाे गाेष्टीमा बताएका थिए । आम नागरिकहरू भन्ने नयाँ प्रविधि हाेस या पुरानै प्रविधिबाट छिटाे भन्दा छिटाे सवारी चालक अनुमानित पत्र पाउनु पर्ने बताई रहेका छन् । यातायात व्यवस्था विभागले भदाैकाे पहिलाे हप्तामा ट्रायल सञ्चालन गर्ने भनेता पनि नयाँ व्यवस्था बमाेजिम ट्रायल गर्न सक्ने कुरामा पुर्वाधारका कारणले समस्या हुने देखिएकाे यातायात कार्यालयका एक कर्मचारीले बताए । यता आम नागरिकहरू भने यातायातकाे अव्यवस्थाले गर्दा जनता अझै मारमा पर्ने स्पस्ट देखिन्छ ।